एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – सरकारले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९ /८० को बजेट प्रस्तुत गर्दै स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने बताउनुभएको हो ।
यस्तै सामाजिक सुरक्षा कोषमा रहेको रकम व्यवसाय सञ्चालन गर्न र व्यवसायीक सीप सम्बन्धी तालिम सञ्चालनका लागि पनि प्रयोग गरिने भएको छ ।
उत्पादनमूलक तथा पूर्वाधारको क्षेत्रमा कोषको रकम लगानी गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।