फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् ।
उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि बास्कोटा फरार भएका थिए । उनले मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी हिजो पक्राउ गरिएको कार्यालयले जनाएको छ । यस्तै, माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ उठाएर फरार भएकी धादिङ त्रिपुरा सुन्दरीकी लक्ष्मी श्रेष्ठ पनि पक्राउ परेकी छिन् ।
माल्टामा मासिक एक लाख रुपैयाँ तलब हुने र त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ भनेर लक्ष्मीले दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकी थिइन्। उनलाई हिजो बाफलबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।