नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, एक महिनामै तोडियो रेकर्ड ‍

 पुष १६, २०७७ बिहीबार १५:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ ।

यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो । आज निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय ८७ अंकले, जीवन बीमा समूहको शेयर १ सय ७२ अंकले, बैंक समूहको ३० र अन्य समूहको शेयर २३ अंकले बढेको छ ।

२ सय ७ कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै ४ प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया