पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

 पुष १९, २०७७ आइतबार १७:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । 

पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् ।

गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठकाे भनाइ छ । बैठकले प्रतिनिधि सभा विघटन कदमको विरुद्धमा भएका सबै पार्टीसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ । 

आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे साेमबार (भोलि) बस्ने स्थायी कमिटी बैठकमा फेरि छलफल गरिने नेताहरूले बताएका छन् ।   

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया