कहाँ हराए ज्याक मा ? दुई महिनायता सार्वजनिक रूपमा देखिएनन्

 पुष २०, २०७७ सोमबार १३:५५:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ अर्बपति तथा ई–कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ । साथै उनको कम्पनीमाथि पनि लगातार कारबाही गरिँदै छ । ज्याक मा सार्वजनिक रूपमा नदेखिँदा अनेक प्रकारका आशङ्का गर्न थालिएको छ । 

ज्याकमा चीनमा विशेषतः सार्वजनिक कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुन्छन् र आफ्नो प्रेरणादायी भाषणका लागि युवा वर्गमा लोकप्रिय छन् । 

उनले गएको अक्टोबर महिनामा शङ्घाईमा एक कार्यक्रममा चीनको वित्तीय नियामक र सरकारी बैंकहरूको चर्काे आलोचना गरेका थिए । साथै उनले प्रणालीमा परिवर्तन गर्न र नयाँ प्रकारको व्यवसाय सुरु गर्न दबाब नदिन सरकारसँग आह्वान गरेका थिए ।

यही ‘विवादास्पद’ टिप्पणीपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । सामाजिक सञ्जालमा सक्रिय भइरहने ज्याक मा गएको अक्टोबर १० यता उनले कुनै ट्वीट गरेका छैनन् ।  

डेली मेल रिपोर्टका अनुसार ज्याक मा गएको महिना कैयौँ कार्यक्रममा सहभागी हुने क्रममा थिए तर अन्तिम समयमा उनको नाम अतिथि वा वक्ताको सूचीबाट हटाइएको थियो ।

नोभेम्बरमा चर्चित शो ‘अफ्रिकाका बिजनेस हिरोज’ को शृङ्खलाबाट पनि उनको नाम हटाइएको थियो । शो को पोस्टरबाट पनि उनको तस्बिर हटाइएको थियो ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया