नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा

 असोज १३, २०७८ बुधबार १९:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।

सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।

सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया