चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्तालाई घिसिङको आग्रह

 चैत १५, २०८० बिहिबार १८:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्नुभएको छ । काठमाण्डाैमा आज भएको एक कार्यक्रममा उहाँले विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर अहिलेसम्म झन्डै चार सय वटा फास्ट चार्जिङ स्टेशन राखेको जानकारी दिनुभयो ।

सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन राखेको घिसिङकाे भनाइ छ । उहाँले चार्जिङ स्टेशनमा गरेको लगानी पेट्रोल पम्पमा गरिने लगानीभन्दा ठूलो हुने बताउनुभयो ।

प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले प्राधिकरणको प्रतियुनिट मूल्य नौ रुपैयाँ पर्ने भए पनि राति चार्ज गर्दा पाँच रुपैयाँ ७५ पैसामै दिने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया