स्कटल्यान्डमा हुने त्रिदेशीय क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

 वैशाख १२, २०८२ शुक्रबार ९:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

क्रिकेट स्कटल्यान्डले शृङ्खलाको तालिका हिजो सार्वजनिक गरेको हो । ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृङ्खलामा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ । शृङखला जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल जुन १६ मा हुनेछ । शृङ्खलामा एक टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुनः खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया