राष्ट्रिय सभा उपाध्यक्षका लागि कांग्रेस र एमालेको उम्मेदवारी

 चैत २७, २०८० मंगलबार १५:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभा सचिवालयले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षकाे चुनाव भोलि हुनेछ ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । सत्ता गठबन्धनको समर्थन रहेकाले एमालेकी विमला घिमिरे सहज अवस्थामा देखिनुभएको छ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया