अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकको प्रदर्शन

 बैशाख २, २०८१ आइतबार १५:१७:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले नाइजरको राजधानी नियामेको सडकमा जुलुस निकालेका हुन् ।

चर्को गर्मीको सामना गर्दै प्लेकार्ड र विभिन्न ब्यानर बोकेर हजारौँ नागरिक सडकमा निस्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नाइजेरियाली नागरिक समाजका सङ्गठनहरूको समन्वय गरिरहेका मोहम्मद अलकाबिरले अमेरिकी सेनालाई देशबाट नधपाएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

गएको मार्चमा नाइजरले संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता रोकेको थियो । अहिले लगभग सात सय जना अमेरिकी सेना नाइजरमा रहेको अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया