खाडी क्षेत्रमा भएको मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त : ओमानमा १८ र यूएईमा एकजनाको ज्यान गयो

 वैशाख ५, २०८१ बुधबार १८:५:४१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

खाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको वर्षाका कारण दुबई, आबुधाबीलगायतका शहरको जनजीवन प्रभावित भएको खालीज टाइम्सले जनाएको छ ।

यूएई मौसम विभागकाअनुसार २४ घण्टाभन्दा कम समयमा दुई सय ५४ मिलिमिटरसम्म पानी परेको छ । यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । बहराइन, कतार र साउदी अरबमा पनि ठूलो पानी परेको छ ।

यूएईमा बाढीका कारण एकजनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । यूएईमा भएको ठूलो वर्षाले छिमेकी देश ओमानमा बाढी आएको छ ।

बाढीका कारण ओमानमा १८ जनाको ज्यान गएको छ । ओमान र यूएईमा वर्षाका कारण विद्यालय बन्द गरिएका छन् । सडक तथा विमानस्थलमा बाढी पस्दा यातायात सेवा अबरुद्ध भएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया