बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ – पूर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारीको विराटनगरमा आज भव्य नागरिक अभिनन्दन गरिने भएको छ ।
विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताएका नेकपाका नेता ८३ वर्षीय अधिकारीको आज ११ बने वीरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताउनुभयो ।
अभिनन्दन कार्यक्रम संञलनका लागि एलिड क्लबका अध्यक्षसमेत रहेका डा. धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मूल समारोह समिति गठन गरिएको थियो । २०४६ सालको राजनीतिक आन्दोलनअघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लाग्नुभएको हो । उहाँले ४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेल्नुभएको थियो ।
नाताले स्व. कृष्णप्रसाद कोइरालाको भान्जा पर्ने अधिकारीले मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाउनुभएको थियो । विराटनगरमा ल फर्म सञ्चालन गरेका बेला अधिकारीले राजनीतिक मुद्दामा पक्राउ परेका व्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्नुहुन्थ्यो ।
बहुदलीय आन्दोलनपछि स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिष्ट सरकारमा भरतमोहन अधिकारी अर्थ मन्त्रीको रुपमा हुनुहुन्थ्यो । उहाँ मनमोहन अधिकारीका भाइ पर्नुहुन्छ ।
जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भूमिका खेल्नुभएका अधिकारी पछिल्लो समय राजनीतिक जीवनमा थोरै मात्र क्रियाशील हुनुहुन्छ । शारीरिक अवस्थाका कारण राजनीतिमा सक्रियता कम देखिएको उहाँनिकट व्यक्ति बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।