धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
डाँडापाखा खोस्रँदै सडक सञ्जाल बनाउँदा वन क्षेत्रमा व्यापक अतिक्रमण बढेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ । सडक विस्तार भएका क्षेत्रहरुमा बजार तथा बस्ती बसाल्न सार्वजनिक जमिन र जंगल अतिक्रमण भएको छ ।
डिभिजन वन कार्यालय डोटीका रेञ्जर सुरेश रोकायाका अनुसार २०५५ साल यतामात्रै ६५ हेक्टर वन अतिक्रमणमा परेको छ । अतिक्रमणको क्रम बढ्दै गए पनि जिल्ला वनले नियन्त्रणका लागि प्रभावकारी प्रयास गर्न सकेको छैन । सडक विस्तार हुनेबेला सुरुमा स–साना अस्थायी झुपडीबाट व्यापार सुरु गरे पनि बिस्तारै बजारको रुप लिन थालेको छ । सानो बजारको आकार बढ्दै गएर व्यापारिक केन्द्र बनेपछि जिल्ला वनले समेत हटाउन सकेको छैन ।
‘कसले कस्लाई अतिक्रमणबाट रोक्ने ?’, रोकायाले भन्नुभयो, ‘समुदाय मौन हुन्छ, वन कार्यालय थाहा नपाएझैँ गरी बस्छ । हामी जस्ता एक दुई जनाले वन अतिक्रमण रोकेर केही हुुँदैन ।’ चौखुट्टे–काडामाण्डौ, कुडीगडा–गाँजरी, बगरखान–पोखरी, शान्तिनगर–खिरसैन, पालेवन, सानागाउँ, स्याउले–देहीमाण्डौ, लडागडा–नारीदाङ्गमा सडक विस्तारसँगै बसेको बजारले ३० हेक्टर वन अतिक्रमण गरेको छ । त्यहाँ झण्डै एक सय २० भन्दा बढी स्थायी प्रकारका घरहरु अतिक्रमण गरी बनिसकेको रेञ्जर सुरेश रोकायाले बताउनुभयो ।
उहाँका अनुसार डोटीको क्षेत्र नं. २ मा पर्ने साविकको बर्छैन, मान्नाकापडी, घाङ्गल, तिखात्तर, चनुकाडा गाविसमा बनेका सडक क्षेत्रहरुमा बसेका बजारले ३५ हेक्टर वन अतिक्रमण गरी ७२ वटा स्थायी घरहरु बनेका छन् । त्यसबाहेक ६५ घरहरु अस्थायी रुपमा अतिक्रमण गरी बसेको तथ्यांक डिभिजन वन कार्यालयमा छ ।
राष्ट्रिय वन अन्तर्गत पर्ने अधिकांश क्षेत्रहरुमा स्थानीयले अतिक्रमण गरी घरटहरा बनाएको विषयमा डिभिजन वनले अझै उल्लेख गर्न सकेको छैन । घाङ्गलको पूर्वी क्षेत्र, बर्छैनको उत्तरी क्षेत्र, खातीवाडाको बर्थम र रानीवन इलाकामा ठूलो क्षेत्र फँडानी गरी स्थानीयले घरटहरा बनाएर बसेको भए पनि सम्बन्धित निकाय मौन छन् ।
जिल्ला सदरमुकाम सिलगढी, दिपायल, राजपुरमा पनि सडक मिचेर घरटहरा बनाउने क्रम तीव्र छ । दिपायल सिलगढी नगरपालिका र नगर विकासको सार्वजनिक जमिन अतिक्रमणको चपेटामा भए पनि नियन्त्रण हुन सकेको छैन । स्थानीय राजनैतिक दलको संरक्षण र समाजमा पहुँच राख्ने व्यक्तिहरुबाटै सरकारी जमिन अतिक्रमण हुदै गएको स्थानीयको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।