आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई चार विकेटले हरायो

 वैशाख ५, २०८२ शुक्रबार ६:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको हो । मुम्बईको यो लगातार दोस्रो जीत हो । हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाउँदै १६६ रन बनायो ।

मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायान रिकेल्टनले ३१ जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले तीन विकेट लिए ।

त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । हेनरिक क्लासनले ३७ रन जोडे । मुम्बईका विल ज्याक्सले दुई विकेट लिए ।

जीतसँगै सातौं स्थानमा कायम रहेको मुम्बईले सात खेलबाट ६ अङ्क पुर्‍याएको छ । हैदराबादले भने पाँचौं हार बेहोरेको छ । हैदराबाद समान खेलबाट चार अङ्कसहित नवौं स्थानमा छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स खेल्ने छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया