नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाले प्रभावित : टसमा...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका दुई जना महामन्त्रीबाट केही दिनदेखि भइरहेको सरकारको आलोचना, नेकपा (माओjfदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्ने दाबी, राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ लगायतका कारण चलेको सत्ता गठबन्धन फेरिने चर्चा तत्कालका लागि साम्य भएको छ ।
अस्ति मङ्गलवारदेखि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तत्कालै राजनीतिमा केही फरक हुँदैछ भनेर चर्चा चलेकोमा हिजो सत्ता गठबन्धन फेरिने सम्भावना बढेको चर्चा भएको थियो । तर मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता, हिजो बेलुका बसेको उच्चस्तरीय संयन्त्रको बैठक हुँदै आज बसेको कांग्रेस पदाधिकारी र कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको बैठकपछि सत्ता गठबन्धन फेरिने चर्चा हटेको हो ।
कांग्रेसको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको गति बढाउनुसँगै गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी दिँदै सत्ता गठबन्धन फेरिने कुनै कारण नरहेको बताउनुभयो ।
बैठकमा पार्टी सभापति देउवाले प्रधानमन्त्री ओलीले गभर्नरको नाम दिन भनेका र आफूले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम दिएको जानकारी गराउनुभएको सहभागी नेताले बताएका छन् ।
यस्तै सभापति देउवाले शिक्षकको माग सम्बोधनको वातावरण बनाउन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिँदै सरकारका कमजोरीबारे आफूलाई भन्न र आफूले प्रधानमन्त्रीलाई भन्ने भनेर नेताहरूलाई थामथुम पार्नुभएको छ ।
यही बीचमा रुपन्देहीमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन नै गरेर आफूहरू २०८४ सालसम्म सरकारमा नजाने बताउनुभएको छ । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा रुपन्देहीमा रहेका अध्यक्ष प्रचण्डले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको बताउनुभएको हो । यी सबै घटनाक्रमसँगै तत्कालका लागि सरकारको नेतृत्व वा गठबन्धन फेरिने जोखिम हटेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।