तातोपानी भन्सारबाट रासायनिक मलको ढुवानी शुरु

 बैशाख ७, २०८१ शुक्रबार १२:२८:३७ | रासस
unn.prixa.net

फाइल तस्बिर

सिन्धुपाल्चोक –  चीनबाट आयात गरिएको रासायनिक मल सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौ ल्याउने गरी ढुवानी भएको छ । झण्डै ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै ढुवानी शुरु भएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि मल काठमाण्डौ पठाउन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार पाँच सय टन मलमध्ये एक हजार दुई सय टनभन्दा धेरै मल जाँच पास भएर काठमाण्डौ ढुवानी भएको र बाँकी मल पनि जाँच पासको प्रक्रियामा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया