नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु

 बैशाख ८, २०८१ शनिबार १५:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभएको हो ।

परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नीति र नेतृत्वमा कुनै विवाद नभएको दाबी गर्नुभयो । उहाँले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । गएको महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी अहिलेको सहज परिस्थितिमा आएको उहाँले बताउनुभयो ।

गएको चुनावको बेला एमालेविरुद्ध घेराबन्दी गरिएको भन्दै अध्यक्ष ओलीले पार्टीले एक किसिमले युद्ध नै लडेर अहिले सहज अवस्थामा आएको बताउनुभयो । कांग्रेस कमजोर भइसकेको र नयाँ भनिएका शक्ति पनि गलत बाटोमा हिंडिरहेको उहाँको भनाई छ । उहाँले राजतन्त्रको वकालत गर्नेहरु पनि सफल नहुने जिकिर गर्नुभयो ।

बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी रहेको एमालेले जनाएको छ । बैठकमा महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । बैठक भोलिसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया