बच्चा जन्माएको डेढ घण्टापछि आमाको ज्यान गयाे

 बैशाख १०, २०८१ सोमबार १८:१०:४८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

हुम्ला – हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक महिलाको ज्यान गएकाे छ । राेडिकाेट स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतवार राति साढे १२ बजेतिर ज्यान गएकाे हाे । देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टापछि ज्यान गएकाे हाे ।

मृतक देवकोटालाई गएकाे शुक्रवारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतवार बिहान ११ बजेमात्रै स्वास्थ्य चौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताउनुभयो । इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी बेथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।

रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे १० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको ज्यान गएकाे इन्चार्ज बाेहराले बताउनुभयो । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उहाँले बताउनुभयाे । गाउँपालिकाकाे स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उहाँको भनाइ छ ।

जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको बाेहराले बताउनुभयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उहाँको भनाइ छ ।

देवकोटाले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिनुभएको थियो । दुर्गम हुम्लाका धेरैजसाे महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया