अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल युक्रेनले प्रयोग गर्न थाल्यो

 बैशाख १३, २०८१ बिहिबार १२:४४:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् ।

लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन पुग्न थालेपछि रुसी सुरक्षा बलको सामना गर्न  गोप्य रूपमा प्रयोगमा आएका बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले युक्रेनलाई फेरि ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसक्नुभएको छ ।

युक्रेनलाई अमेरिकाले थप हतियार सहयोग गर्ने योजना बनाइरहेको छ । अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि ठूलो र शक्तिशाली हतियार दिन भने अस्वीकार गरेको थियो । तर अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गएको फेब्रुअरीमा गोप्य रूपमा स्वीकृति दिनुभएको खबरमा उल्लेख छ ।

अमेरिकाले युक्रेनलाई कति हतियार पठायो भन्ने यकिन तथ्याङ्क भने छैन ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया