ए डिभिजन लिगमा त्रिभुवन आर्मीको पहिलो जित

 मंसिर १, २०७५ शनिबार १८:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ ।

एपीएफ मैदान  हलचोकमा शनिबार भएको दोस्रो खेलमा आर्मीले च्यास युथ क्लबमाथि १–० को जित निकालेको हो । पहिलो खेलमा एनआरटीसँग बराबरी खेलेको आर्मीले शनिबार च्यासलमाथि पहिलो हाफमै अग्रता लिएको थियो ।

पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो । आर्मीका लागि विकास खवासले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया