रुसी राष्ट्रपति पुटिन चीन भ्रमणको तयारीमा

 बैशाख १५, २०८१ शनिबार १२:४:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को महिना चीन भ्रमणको तयारी गर्नुभएको छ । रुसी समाचार एजेन्सी तासकाअनुसार पुटिन राष्ट्रपतिमा पाँचौँ पटक निर्वाचित भएपछि पहिलो विदेश भ्रमणको तयारीमा हुनुहुन्छ ।

पुटिन गएको मार्चमा पाँचौँ पटक राष्ट्रपतिमा चयन हुनुभएको थियो । उहाँले अर्को महिना मे मा चीनको भ्रमण हुनसक्ने बताएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ पुगेको केही समयपछि पुटिनको पनि चीन भ्रमण हुन सक्ने सार्वजनिक भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । चीनले यसमा आफ्नो तटस्थता दाबी गरे पनि रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया