इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै

 बैशाख १६, २०८१ सोमबार ५:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ । अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७ सय ८० मत ल्याउनुभएको छ । एमालेका सुहाङ १६ सय २३ मतले अगाडि हुनुहुन्छ । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १ सय ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले एक हजार मत ल्याउनुभएको छ ।

इलाम २ मा अस्ति शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया