कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् । प्रदर्शनका क्रममा केही विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् ।
गएको अप्रिलमा १७ मा कोलम्बिया विश्वविद्यालयबाट शुरु भएको यो प्रदर्शन अहिले अमेरिकाका धेरै विश्वविद्यालयमा पुगेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीले विश्वविद्यालय प्रशासनले इजरायलसँग सबै सम्बन्ध तोड्न पर्ने माग गरेका बीबीसीले जनाएको छ । अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई पक्राउ गरिरहेको छ ।
विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ । इजरायल—गाजाबीचको पछिल्लो तनावका सन्दर्भमा अमेरिकी विद्यार्थीले प्रदर्शन शुरु गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूले प्यालेस्टाइनलाई समर्थन गरिरहेको जनाएका छन् । उ
उनीहरुले राष्ट्रपति जो बाइडेन र युनिभर्सिटी प्रशासनप्रति असन्तोष व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथी गरिरहेको नरसंहारलाई प्रवर्धन गर्नेगरी फन्डिङ र हतियार दिने कार्य भइरहेको आरोप लगाएका छन् । इजरायलले भने प्यालेस्टाइन क्षेत्रमा आफूले नरसंहार गरेको कुरालाई अस्वीकार गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।