हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने, प्रधानमन्त्रीद्वारा प्लान्टको उद्घाटन

 बैशाख २८, २०८१ शुक्रबार १२:१८:५० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रामग्राम परासीमा रहेको प्लान्टको उद्घाटन गर्नुभयो ।

दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षको अवसर पारेर प्लान्ट उद्घाटन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता पाँच हजार चार सय थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी प्लान्टमा नरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया