कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय निकाय डब्ल्यूएचओले विज्ञप्ति निकालेर एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको हो । सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा कतै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सुक्ष्म अध्ययनमा पनि यो भाइरस मानिसबाट मानिसमा सर्ने लक्षण नदेखिएको तर निरन्तर निगरानी भने आवश्यक रहेको बताउनुभएको छ । पक्षीहरूकाे प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बर्ड फ्लु सङ्क्रमणको जोखिममा बढी रहने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक पर्ने उहाँले बताउनुभयो । मासु तथा अण्डा राम्रोसँग पकाएर तथा दूध राम्रोसँग तताएर खाँदा सङ्क्रमणको खतरा नहुने पनि डब्ल्यूएचओले जनाएको छ ।
विशेषगरी पक्षीहरूमा हुने यो सङ्क्रमण पछिल्लो समय समुद्री स्तनपायीसँगै गाईवस्तुहरूमा पनि फैलिरहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।