खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे नाराबाजीपछि प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ । कांग्रेसले नाराबाजी गर्दै अवराेध गरेपछि सभामुख देवराज घिमिरेले आउँदाे जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएकाे घाेषणा गर्नुभएकाे हाे ।
आजकाे बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर नाराबाजी गरेकाे थियाे । हिउँदे अधिवेशनमा पनि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो । तर सत्ता पक्ष दलहरू समिति गठनमा सहमत भएका छैनन् ।
आज प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।
सरकारले नै निहुँ खोजेकाले छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने कांग्रेस महामन्त्री थापाले बताउनुभयो । थापाले बोलिसकेपछि सभामुख घिमिरले संसद्को काम कारबाही अघि बढाउन खोज्नुभएको थियो । त्यसपछि कांग्रेस सांसदले 'बेल' घेराउ गरेर नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएकाे थियाे ।
सङ्घीय संसद्को बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु भएकाे हाे । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएसँगै बजेट अधिवेशन शुरु भएको हो । सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।