संसद्को अवरोध हटाउनेबारे प्रधानमन्त्री प्रचण्ड सकारात्मक : कांग्रेस

 वैशाख ३०, २०८१ आइतबार १२:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक हुनुभएको बताउनुभयो ।

छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता लेखकले आफूहरूले पूर्व अडान राखेको र प्रधानमन्त्री सकारात्मक हुनुभएको बताउनुभयो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुुनुहुन्थ्यो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । कांग्रेसले जेठ १ गते आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काममासमेत अवरोध गर्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतालाई छलफलका लागि बोलाउनुभएको हो । प्रमुख सचेतक लेखकले कांग्रेसले भोलि बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया