क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

 वैशाख ३०, २०८१ आइतबार १५:१५:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पार्कर लेकबाट अस्ति शुक्रवार राति शुरु भएको आगो रातभरमा १७ वर्ग किलोमिटरसम्म फैलिएको थियो । सरकारले रातारात नजिकैका गाउँ खाली गराएर ३६ सय जनालाई अन्यत्रै सारेको छ । छिमेकी गाउँका हजारौँ जना सुरक्षित स्थानतर्फ लागेका छन् ।

तीव्र गतिको हावाका कारण एउटा रुख विद्युत लाइनमा खसेपछि आगलागी शुरु भएको थियो । त्यसपछि डढेलो नियन्त्रणबाहिर गएको खबरमा उल्लेख छ ।

क्यानडाको अन्तर–एजेन्सी वन आगो केन्द्रका अनुसार अहिले देशभर एक सय ३७ वटा डढेलो सक्रिय छन् जसमा ३९ वटा नियन्त्रणबाहिर पुगेका छन् । क्यानडा सरकारले देशभरको तापक्रम बढ्ने र थप आगलागीको चेतावनी दिएको छ ।

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया