संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

 वैशाख ३१, २०८१ सोमबार ८:१६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । त्योभन्दा पहिले कांग्रेससँग सहमति हुने प्रधानमन्त्रीको विश्वास छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनैपर्ने अडानसहित कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आज बेलुका या भोलि बिहानसम्म कांग्रेससँग सहमति हुने र सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले प्रस्तुत गर्न वातावरण बन्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि आज बस्दैछ । बैठकमा भोलि बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् । भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया