सरकारबाट बाहिरिने जसपा नेपालको तयारी

 वैशाख ३१, २०८१ सोमबार ९:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालले सरबारबाट बाहिरिने तयारी गरेको छ । हिजो आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल भएको छ । यसबारे औपचारिक निर्णय भने भैसकेको छैन ।

मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपालले सङ्घीय सरकारबाट फिर्ता हुने तयारी गरेको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।

सङ्घीय सरकारमा जसपा नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री हुनुहुन्छ । पार्टी विभाजनपछि सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै सङ्घीय सरकारबाट बाहिरिनु पर्ने बाध्यात्मक अवस्था आएको हो ।

केही दिनअघि यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ । जसपा नेपालको ५ सिट सरकारबाट बाहिरिएपछि सत्ता समीकरणमा जनमत र लोसपालाई प्रवेश गराउने तयारी छ । 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया