अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या

 वैशाख ३१, २०८१ सोमबार ९:३:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो  । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । यो प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्‍याउन समस्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विनाशकारी क्षेत्रमा राहत तथा उद्धारका लागि गएका खाद्यान्नले भरिएका ट्रक, सेनाका गाडी, उद्धारकर्मी र स्थानीयबासिन्दा बाढीले सडकलाई बगाएपछि बीचमै फसेका छन् । सेनाले बाटो बनाउन र हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

तालिबान सरकारको शरणार्थी मन्त्रालयले बघलानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गएको र एक हजार ६ सयभन्दा धेरै घाइते भएको बताएको छ । मन्त्रालयले दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको उल्लेख गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया