जेठ महिनाका लागि बैंकहरुको ब्याजदर सामान्य घट्यो

 वैशाख ३१, २०८१ सोमबार ११:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा सामान्य घटेको हो ।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७ दशमलव १४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले जेठ महिनामा औषतमा ७ दशमलव ०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् ।

यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ । १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।  हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राख्ने भएका हुन् ।

एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक,प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने बढाएका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया