ललितपुर मेयर्स कप क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको लगातार दोस्रो जित

 वैशाख ३१, २०८१ सोमबार १८:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई ८ विकेटले हरायो । बाग्मतीले दिएको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेट गुमाएर भेटायो । एपीएफकी ममता चौधरीले नट आउट ३५ रन बनाइन् । बाग्मतीकी खुशी डङ्गोलले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनायो । बाग्मतीकी हेलिशा गुरुङले ३१ रन बनाइन् । एपीएफकी करुणा भण्डारीले ४ र कप्तान सीता राना मगरले २ विकेट लिइन् ।

यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बाग्मतीको यो लगातार दोस्रो हार हो ।

आजै कीर्तिपुरमा भएको अर्काे खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १९ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ७ विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो । कोशीकी काजल श्रेष्ठले ३३ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र विन्दु रावलले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनायो । सुदूरपश्चिमकी सम्झना खड्काले ५४ रन बनाइन् । कोशीकी सबनम राई, हिरनमई रोय, सङ्गीता राईले समान २ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । कोशीको यो लगातार दोस्रो हार हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया