मन्त्रिपरिषद् विस्तार तथा हेरफेर : नवनियुक्त स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

 जेठ १, २०८१ मंगलबार ७:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौ पटक मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नुभएको छ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले शपथ ग्रहण गर्नुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट यादव स्वास्थ्यमन्त्री बन्नुभएको हो ।

जसपा नेपालका उपेन्द्र यादवले राजीनामा दिएलगत्तै हिजो प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदीप यादवलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । जसपाका सांसद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हिजो बेलुका राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभयो ।

त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष स्वास्थ्य राज्यमन्त्री खानले पद तथा गोपनियताको शपथ लिनुभयो । जसपा नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेट्नुभएको हो ।

यादवले जसपा नेपाल अवैधानिक रूपमा विभाजन गरिएको भन्दै हिजो निर्वाचन आयोगलाई विपक्षी बनाउँदै नयाँ दल जसपा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया