राष्ट्रपति पाैडेलद्वारा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु

 जेठ १, २०८१ मंगलबार १५:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाल्नुभएकाे हाे ।

आज बिहान सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले  शुक्रबार बिहान बसेको बैठकले आउँदाे आर्थिक वर्षका लागि सरकारकाे नीति तथा कार्यक्रम पारित गरेकाे थियाे ।

आजकाे बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । सरकारको वार्षिक बजेटअघि राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।

सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा पुग्दा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका सदस्यलगायतले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र तोरणद्वारा झकिझकाउ बनाएको छ भने पानीका फोहरालगायत विशेष आकर्षणको प्रबन्ध गरेको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया