धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री सरिफले निजीकरण आयोगलाई प्रक्रिया सरल बनाउन सबै मन्त्रीहरूलाई सहयोग गर्न अपिल गर्नुभएको खबरमा उल्लेख छ ।
पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् । पाकिस्तानमा कम्पनीहरू बेच्ने कार्यक्रमलाई ‘निजीकरण कार्यक्रम २०२४/२०२९’ नाम दिइएको छ । यसमा पाकिस्तानका पावर कम्पनीहरू अर्थात विद्युत वितरण कम्पनीहरु पनि पर्छन् । सबैभन्दा पहिले घाटामा रहेका कम्पनीहरू बेचिनेछन् । त्यसपछि नाफा कमाउने सरकारी कम्पनीलाई निजीकरण गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।