ब्यास नगरपालिकामा दुई वर्षअघि भएको चुनावको पुनः मतगणना गर्न अदालतको आदेश

 जेठ २, २०८१ बुधबार ८:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – तनहुँको ब्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । ब्यास नगरपालिकामा दुई वर्षअघि भएको पालिका चुनावको पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो । एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई हराउँदै कांग्रेसका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी हुनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । २०७९ वैशाख ३० गते सम्पन्न मतदानमा कांग्रेसका न्यौपाने २ सय ५२ मतले विजयी हुनुभएको थियो ।

न्यौपानेले १२ हजार ७८ र एमालेको समेत समर्थन पाएका जोशीले ११ हजार ८ सय २६ मत पाउनुभएको थियो । धाँधली भएको भन्दै जोशी पुनः मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुग्नुभएको थियो । मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुग्नुभएको थियो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया