आयरल्यान्डसँगको टी–२० श्रृङ्खलाक‍ो उपाधि पाहुना टोली पाकिस्तानलाई

 जेठ २, २०८१ बुधबार ९:३०:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आयरल्यान्डसँगको तीन खेलको टी–२० श्रृङ्खला पाहुना टोली पाकिस्तानले जितेको छ । पहिलो खेलमा ५ विकेटले पराजित पाकिस्तानले दोस्रो खेल ७ विकेट र तेस्रो तथा अन्तिम खेल ६ विकेटले जित्दै श्रृङ्खला २–१ ले जितेको हो ।

गएराति भएको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली आयलर्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । जितका लागि पाएको एक सय ७९ रनको लक्ष्य पाकिस्तानले १७ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

आयरल्यान्ड र पाकिस्तान टी–२० विश्वकपमा एउटै समूहमा छन् । यी दुई टोली रहेको समूह ‘ए’ मा भारत, क्यानडा र अमेरिका छन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया