विनवार्ड्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी : भुर्तेल र ऐरीको अर्धशतक

 जेठ २, २०८१ बुधबार १०:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए ।

त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहे । पहिला ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९६ रन बनाएको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग भोलि र आउँदो शनिवार गरी दुई अभ्यास खेल खेल्नेछ ।

यो अभ्यास खेलपछि नेपालको टोली मे १९ तारिखमा ह्यूस्टन जानेछ । त्यसपछि मे २१ मा प्रशिक्षणमा सहभागी हुनेछ । मे २२ र २३ मे नेपालले ह्यूस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्यूस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल मे २५ मा डालास प्रस्थान गर्नेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया