राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित हुन नसकेकोबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

 जेठ २, २०८१ बुधबार १०:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसदबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित हुन नसकेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

राष्ट्रपति पौडेलले हिजो सङ्घीय संसदमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहे पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन ।

यही विषयमा बिहान प्रधानमन्त्री र सभामुखबीच झण्डै ४५ मिनेट छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भैरहेको निरन्तरको अवरोधले नागरिकस्तरमा नै वितृष्णा फैलिएको बताउनुभयो ।

उहाँले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव समेत पारित नभएको अवस्थामा तत्कालै प्रमुख प्रतिपक्ष दल कांग्रेससँग सहमति गर्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको र भोलि बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया