निष्ट एलपीएलः हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमिफाइनलमा

 मंसिर २, २०७५ आइतबार १८:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौंको हिमालयन ह्वाइटहाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाइनलमा प्रवेश गरेका छन् । 

आइतबारको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन्। 

आइतबार भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौंमाथि ८२ रनको जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । 

१ सय ७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८१ रन बनाउन सक्यो। 
लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भए।

यस्तै आइतबारै सम्पन्न लिग चरणको अन्तिम खेलमा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडाैंले कैलाली मोडल स्कुलमाथि ११० रनको फराकिलो जित निकालेको छ । उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको कैलाली मोडल प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनायो। 

१८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन बनाउन सकेको थियो 
हिमालयनका अंकित सुवेदी म्यान अफ द म्याच भए ।

यसैबीच प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पूरा भएको छ । लिग चरणबाट सिद्धार्थ शिशु सदन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कन्चनपुर र हिमालयन ह्वाइटहाउस सेमिफाइनल प्रवेश गरेका छ्न् ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरु मङ्सिर ३ गते हुनेछ्न भने फाइनल खेल मङ्सिर ४ गते हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया