कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय अदालतले इजरायललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न भोलि बिहीवार र पर्सि शुक्रवार सुनुवाइ गर्ने भएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले भोलि दक्षिण अफ्रिकाका वकिलको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने भएको छ ।
रफाहमा भएको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन मागसहित अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो । रफाहमा आक्रमणपछि सर्वसाधारण विस्थापित हुने क्रम बढेको छ ।
मध्यस्थकर्तामध्येको एक कतारले इजरायलको सैन्य आक्रमणबाट लडाकु समूह हमाससँग हुने भनिएको वार्तालाई गतिरोधको अवस्थामा पुर्याएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । रफाहमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायले इजरायललाई निरन्तर दबाब दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।