सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै

 जेठ २, २०८१ बुधबार १५:१७:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ ।

सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । लीको बिदाइलाई सिङ्गापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ ।

सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र भएपछि अहिलेसम्म तीन जना प्रधानमन्त्री भएका छन् । आजदेखि चौथो प्रधानमन्त्री हुन लागेका छन् । सबै प्रधानमन्त्री सत्तारूढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट रहेका छन् । पहिलो प्रधानमन्त्री लीका पिता लि क्वान यु हुनुहुन्थ्यो । शुरुमा लीलाई नातावादबाट आएको प्रधानमन्त्री भन्दै धेरैले टिप्पणी गर्ने गरे पनि पछिल्लो समयमा उहाँको कामले आरोपहरू छायामा परेका थिए ।

पछिल्लो २० वर्षमा सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर भएको छ । कोभिड–१९, विश्वव्यापी आर्थिकमन्दी लगायतको समयमा पनि देशलाई राम्रोसँग चलाउन सकेको जस लीलाई दिइएको छ । विदेश मामिलामा पनि लीले अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउनुभएको थियो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया