लगातार तेस्राे जीतसहित एपीएफ एक खेलअघि नै फाइनलमा

 जेठ २, २०८१ बुधबार १५:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा लगातार तेस्रो जितसहित एपीएफ एक खेलअघि नै उपाधि नजिकै पुगेको हो ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ललितपुर मेयर्स–एघारलाई ८ विकेटले हरायो । ललितपुरले दिएको ७२ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर ५९ बलमै भेटायो । एपीएफकी कप्तान सीता राना मगरले अर्धशतक बनाइन् । उनी ३५ बलमा ५० रन जोडेर आउट भइन् । ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनायो । ललितपुरकी कप्तान पूजा महतोले सबैभन्दा धेरै २४ रन बनाइन् । एपीएफकी रेखा रावल र सीता राना मगरले समान १ विकेट लिइन् । एपीएफ ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ललितपुर २ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतियोगिताको दोस्रो खेलमा अहिले बाग्मती प्रदेश र कोशी प्रदेश खेल्दैछन् । दुई खेल खेलेका दुवै टाेली जीतविहीन छन् । काेशी तालिकाकाे चाैथाे र बाग्मती पाँचाैँ स्थानमा छ ।

पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया