गिरीबन्धु टी–स्टेटको जग्गा कांग्रेसले नै कमिसन खाएर बेच्न दिएकाे हाे : ओली

 जेठ २, २०८१ बुधबार १८:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा नेपाली कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाउनुभएको छ ।

एमाले संसदीय दलको आजकाे बैठकमा अध्यक्ष ओलीले कांग्रेसले टी–स्टेटबारे उठाइरहेको कुरा बकबास रहेको दाबी गर्नुभयो । गिरीबन्धु टी–स्टेटको ५१ बिघा र १९ बिघा गरेर ७० बिघा जग्गा कांग्रेसले कमिसन खाएको बेच्न दिएको उहाँकाे आरोप छ ।

ओली प्रधानमन्त्री हुँदा भएको टी–स्टेटको जग्गा सम्बन्धमा भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि एमाले नेतृत्वमाथि प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाउँदै सर्वोच्च अदालतले गरेको फैसलाप्रति पनि असन्तुष्टि जनाउनुभयो । गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न संसद्ले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरूले पूर्वाग्रह देखाएको उहाँकाे आरोप छ । ओलीले कांग्रेसका बदमासीहरूकाे बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिनुभयो ।

यस्तै एमाले अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने जिकिर गर्नुभएको छ । नेपाली कांग्रेसले विना प्रमाण र कसुर आरोप लगाइरहेको भन्दै ओलीले कांग्रेसले आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद् बैठक अवरुद्ध नहुने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया