तराईकाे गर्मीमा पनि किसानले लटरम्म स्याउ फलाए

 जेठ ३, २०८१ बिहीबार १५:६:३० | रासस
unn.prixa.net

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका किसान गोकर्ण ओलीको बगैँचामा लटरम्म स्याउ फलेका छन् ।

चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान ओलीले लटरम्म स्याउ फलाउनुभएको छ । उहाँले फलाउनुभएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ ।

२०७८ सालको माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोप्नुभएको हो । उहाँका अनुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्काे वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

स्याउखेतीका लागि अहिलेसम्म ८० लाख रुपैयाँ लागत लागिसकेको ओलीले बताउनुभयो । तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको उहाँको भनाइ छ ।

किसान ओलीले प्रति बेर्ना तीन सय रुपैयाँका दरले अहिलेसम्म एक हजार आठ सय स्याउका बेर्ना बेचिसकेको बताउनुभयो । उहाँले स्याउसँगै अम्बा र बयर पनि रोप्नुभएको छ ।

ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपैयाँ अनुुदानसमेत पाउनुुभएको छ । शुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया