धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा – तराई–मधेशका जिल्लाहरूमा हातेकल सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ । तराई–मधेश क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि शुरु भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ ।
हातेकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत पालिकाले धेरै सङ्कट देखिएका ठाउँमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् । पर्याप्त पानी उपलब्ध हुने दक्षिणी क्षेत्रमा अहिले देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयको चिन्ता छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा नै खानेपानीको अभाव हुन थालेको छ । जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि खानेपानी संस्थान जनकपुरधामले पाइपमार्फत दैनिक ३० लाख लिटर पानी मात्र आपूर्ति गर्दै आएको छ । मधेश प्रदेशको राजधानीमै खानेपानीमा समस्या देखिए पनि यस विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको स्थानीयवासीको गुनासो छ ।
जलस्रोत विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि भूमिगत पानी पुनर्भरण नहुँदा मधेश प्रदेशका केही जिल्लामा भूमिगत पानीको सतह घटेर हातेकलहरूमा पानी नआएको बताएका छन् । चुरेविज्ञ डाक्टर विजयसिंह दनुवारका अनुसार मधेश प्रदेशमा अहिले देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एकमात्र विकल्प प्राकृतिक पुनर्भरणका रूपमा रहेको चुरे क्षेत्र भएकाले यसको संरक्षण नै यसको दिगो समाधान हो ।
डा. सिंहले पानीको समस्या समाधानका लागि राज्यले खासगरी मधेश प्रदेश सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । मधेश प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवले पनि चुरे र भावर क्षेत्रमा पोखरी वा बाँध बनाएर तराईमा पानी सङ्कट टार्न सकिने सुझाव दिनुभयो ।
पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा हुने वर्षाको परिमाण, जमिनको सोस्ने क्षमता, गिटी–बालुवा उत्खननकाे परिणाम र प्रक्रिया आदिको प्रभाव रहन्छ । चुरे क्षेत्रमा भइरहेको वन विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको असर भावर र तराईमा परिरहेको छ । चुरे र तराईबीचको पाँच किलोमिटर समानान्तर क्षेत्रलाई भावर भनिन्छ । तराईमा भूमिगत रूपमा जाने पानीको पुनर्भरण यही क्षेत्रमा हुने गर्छ ।
भावर क्षेत्रमा शहरीकरण र औद्योगीकीकरणजस्ता मानवीय हस्तक्षेप बढ्दा पुनर्भरणको प्रक्रियामा असर परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर दिनेशराज भुजु बताउनुहुन्छ ।
भूगर्भविद् श्रीकमल द्विवेदी जमिनमुनिको पानी जति पनि झिके हुन्छ भन्ने सोचले समस्या निम्त्याएको बताउनुहुन्छ । संरचना बनाउँदा सतहमा कङ्क्रिट बिछ्याएर जमिनमा पानी छिर्ने ठाउँ नदिँदा पनि समस्या भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।