धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
बाग्लुङ – बाग्लुङको जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वाेदय प्राथमिक विद्यालय विद्यार्थीविहीन छ । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म पनि आठ जना विद्यार्थी थिए । अहिले एक जना पनि विद्यार्थी छैनन् ।
विद्यालयमा विद्यार्थी नभए पनि चार जना शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् ।
केही वर्ष अगाडिसम्म यस गाउँमा ८८ घर थिए तर अहिले ३३ वटा मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा खोज्दै शहर बजार झर्नेको लर्काे लागेपछि विद्यालय विद्यार्थीविहीन हुनुका साथै गाउँ नै सुनसान बनेको छ । यहाँका धैरेजसो बासिन्दा चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गएका छन् ।
बाग्लुङका विभिन्न पालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहँदा जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन । यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । आफूहरूले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङमा पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।
जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।