अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद
मंसिर ८, २०८१ शनिबार
इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ । शानी लुक, अमित बुस्किला र इत्जाकको शव फेला परेको इजरायलको सेनालाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
तीन वटा शवमध्ये शानी लुक जर्मनीकी पर्यटक हुन् । उनी सङ्गीत महोत्सवमा भाग लिन गाजा नजिक पुगेको अवस्थामा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेको थियो । अरु दुई शवबारे अनुसन्धान चलिरहेको छ । बन्धक भएका उनीहरुको शव गाजाको सुरुङमा फेला परेको हो ।
इजरायली सेनाकाअनुसार उनीहरूको अक्टोबर ७ तारिखमा नै हत्या गरी गाजा लगिएको थियो । अक्टोबर ७ तारिखमा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेको थियो । आक्रमणलगत्तै हमास लडाकुले गाजामा २ सय ५२ जनालाई बन्धक बनाएको विवरण सार्वजनिक भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।