बाग्मती सफाइ अभियान : ११ वर्षमा ६ हजार बिरुवा हुर्काएको अभियान्ताको दाबी

 जेठ ५, २०८१ शनिबार १५:८:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बाग्मती सफाइ महाअभियानअन्तर्गत अहिलेसम्म छ हजार वटा बिरुवा हुर्काएको अभियन्ताले दाबी गरेका छन् । बाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियन्ता एवम् पूर्व मुख्यसचिव लीलामणि पौड्यालले बाग्मती सफाइसँगै नदी किनारमा छ हजार वटा बिरुवा हुर्काएको बताउनुभएको हो । अभियान शुरु गर्नुअघि मृत अबस्थामा पुग्न थालेको नदीलाई सुधार गरे पनि सोचेअनुसार सुधार भइनसकेको उहाँले बताउनुभयो ।

११ वर्षको अबधिमा बाग्मती किनारबाट झन्डै २१ हजार मेट्रिकटन फोहर उठाइसकेको अभियान्ताको दाबी छ । सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको अभियान्ताले बताएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताउनुभयो ।

सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि शुरु भएको हो ।

'राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा' नाराका साथ थालिएको अभियानको आज पाँच सय ७५औँ हप्ता हो । तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सयभन्दा धेरै जना अभियान्ताको सहभागिता थियो ।

बाग्मती सफाइ महाअभियान शुरु भएपछि त्यसैको प्रभावमा देशका अरु एक सय नौ वटाभन्दा धेरै ठाउँमा नियमित सफाइ अभियान चलिरहेको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया